काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीनको यूनान प्रान्तको गभर्नर रुआयन छङफाले शिष्टाचार भेट गरेका छन् । नेपाल भ्रमणमा रहेका यूनानको गर्भनर छङफाले सोमबार अपरान्ह उपराष्ट्रपति भवन हरितगृहमा उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा नेपाल–चीन तथा नेपाल र यूनान प्रान्तबीचको सम्बन्ध, सहयोग र सहकार्यका विविध विषयमा छलफल भए । उपराष्ट्रपतिले यूनानका गर्भनर छङफासँगको भेटमा…