काठमाण्डु – प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरूबीच निर्वाचनको विषयमा छलफल भएको छ । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरूबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रियसभा…