काठमाडौं – जनकपुर विमानस्थल तोडफोडको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोदकुमार साहविरुद्धको रिटमा थुनछेक बहस शुरू भएको छ । मंगलवार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ परेका साहका सम्बन्धमा जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलासमा शुक्रवार थुनछेक बहस भइरहेको हो । बहस सकिएर आजै अपराह्नसम्ममा आदेश आउने सम्भावना रहेको जिल्ला अदालत धनुषाका श्रेष्तेदार यज्ञप्रसाद आचार्यले जानकारी…