काठमाडौँ- श्रम तथा रोजगार मन्त्री गोकर्णराज विष्टले संविधानमा मौलिक हकका रुपमा रहेको रोजगारको हकको कार्यान्वयनका लागि सम्भाव्यता अध्ययन गरी आवश्यक नीति ल्याइने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले वाम गठबन्धनको चुनावी घोषणापत्रका आधारमा रोजगार नीति ल्याउन पहल गर्ने बताएका हुन् । मन्त्री विष्टले भने, “मुलुकमा लाखौँ युवा बेरोजगार छन्, सरकार मुकदर्शक भएर…