मंसिरभित्रै महाधिवेशन गर्न विश्वप्रकाशले दिए ४ विकल्प

काठमाण्डु - पार्टीभित्र पेचिलो बनेको महाधिवेशनको विवाद टुंग्याउन नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ४ वटा विकल्प अघि सारेका छन्। पार्टीको बिहीबार बस्न लागेको केन्द्रीय समिति बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर महामन्त्री शर्माले महाधिवेशनको विवाद टुंग्याउन ४ वटा विकल्प दिएका हुन्। शर्माले दिएको पहिलो विकल्पमा कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७–२९ को कार्यतालिका केन्द्रीय…