छायाँ अर्थमन्त्रीको प्रश्नः ५ लाखलाई राेजगारी दिने कार्यक्रम खोई ?

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् छायाँ सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले रोजगारीको अवसर सृजना गर्न सरकार गम्भिर नभएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आगामी आर्थिक वर्षको बजेट सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रिजालले आगामी आर्थिक वर्षको बजेटमा सरकारले रोजगारीको अवसर सृजनाका लागि आवश्यक लगानीको जोहो गर्न नसकेको बताए…