नेविसंघमाथि खनिए गगन थापा,सरकारी गाडी जलाउनेलाई छोड्दिन

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले शनिबार नेविसंघले सरकारी गाडी जलाएको विषयप्रति विरोध गरेका छन् । नेता थापाले आइतबार ट्वीटरमा लेखेका छन, ‘‘त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई दुरुत्साहन गर्न म डटेर लाग्नेछु ।’शनिबार नेविसंघका कार्यकर्ताहरुले केन्द्रको निर्देशन भन्दै सरकारी गाडीमा आगजनी गरेका थिए । पूर्वस्वास्थ्यमन्त्रीसमेत…