सभामुख महराले भने -चिकित्सा शिक्षा विधेयकमा आन्दोलन गर्नु गलत


दाङ – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयकका बारेमा आन्दोलन गर्नु गलत भएको बताएका छन् ।आइतबार बिहान तुलसीपुरको टरिगाउँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभामुख महराले प्रक्रिया र्पुयाएर पारित भएको विधेकलाई आन्दोलनको विषय बनाउनु सही मान्न नसकिने बताएका हुन् ।

प्रतिपक्षको समितिमा पर्याप्त छलफल भएर पारित भएको विधेयक संसदमा पनि असहमति जनाएको भए पुग्नेमा सदनमै अवरोध गराउन खोज्नु गतल भएको महराले बताए ।

‘चिकित्सा शिक्षा विधेयक उहाँहरुको आन्दोलन र अवरोधको विषय हैन र हुनु हुन्न,’ महराले भने, ‘एउटा प्रक्रियामा गइसकेको कुरालाई उछाल्न खोज्नु गलत हो ।’ उनले चिकित्सा शिक्षा विधेयक आन्दोलनको विषय बनाउनु भनेको प्रतिपक्षले राजनीति गर्न खोज्नु मात्रै भएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement