काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी सदस्यले उठाएका प्रश्नको (आज) बिहिबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा जवाफ दिनेछन्। बुधबारको बैठकमै जवाफ दिने भनिए पनि ओलीको कार्यव्यस्तताका कारण अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्र जवाफ दिएका थिए। प्रचण्डले सरकार पार्टीले नै चलाउनुपर्ने भन्दै विद्यमान समस्या समाधानका…