प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई सांसदहरूको प्रश्न : जुवातास कसरी बौद्धिक खेल भयो?

काठमाडौं - प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग संसदीय सुनुवाई समितिले उनीमाथि परेका उजुरीको जवाफ मागेको छ । सिँहदरवार स्थित संसदीय सुनुवाई समितिको बैठक कक्षमा चलिरहेको सुनुवाईमा राणाले सांसदहरुको जटिल प्रश्नहरुको सामना गर्नु परेको हो। नेकपा सांसद शिवकुमार मण्डलले राणाको ‘ब्ल्याकमेलिङ’ को बाटोबाट राणा अदालतमा प्रवेश गरेको आरोप लगाउँदै यस सम्बन्धी प्रश्न सोधे। त्यतिवेलाका प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद…