चीनबाट प्राप्त बीआरआई सहायता ऋण होइन : प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’मा प्राप्त सहायता ऋण नभएको बताएका छन् । बिहीबार चीनको ४ दिने भ्रमण पूरा गरेर स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा चीनसँग भएको सम्झौता ऋण नभएको बताए । ‘अस्ति मैले आमसभामा पनि हामी कुनै ऋण लिन जाँदैछैनौं भनेको थिएँ…