काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको उद्घाटन गर्दै नयाँ शक्तिहरू एक भएर अघि बढ्नुपर्ने टिप्पणी गरेका छन् । बिहीबार दिउँसो पार्टीको औपचारिक उद्घाटन समारोहमा बोल्दै उनले फागुन २१ गतेको निर्वाचनबाट नयाँ शक्तिहरूको उदय हुनुपर्ने बताए । पार्टी उद्घाटन कार्यक्रमअघि बिहीबार बिहान मन्त्री घिसिङले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग भेटवार्ता गरेका…