एमालेको विधान संशोधन प्रस्ताव सर्वसम्मत स्वीकृत

काठमाण्डु – नेकपा एमालेको २ दिनसम्म चलेको पोलिटब्युरो बैठकले सचिवालयबाट प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकृत गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै निर्णय सार्वजनिक गरेका छन् । पोखरेलका अनुसार अब प्रस्ताव साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा औपचारिक छलफलका लागि प्रस्तुत गरिनेछ । बैठकले पार्टीलाई थप एकताबद्ध…