काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बिहीबार दिउँसो नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला खुमलटार पुगे । सत्तारुढ दल कांग्रेस नेता कोइरालाले प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डलाई भेट्दा राजनीतिक वृत्तमा अनेक चर्चा हुन थालेको छ । कांग्रेसभित्र संस्थापनइतर पक्षका नेता मानिने कोइराला पार्टीभित्रको अनुशासनात्मक कारवाहीको घटनापछि असन्तुष्ट छन् ।…