जनकपुरधाम - संघीय खानेपानीमन्त्री प्रदीप यादव तथा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहबीच मंगलबार तराई–मधेशको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि गहन छलफल भएको छ । मंगलबार मधेश प्रदेशको जनकपुरमा तराई–मधेशको खानेपानीको दीर्घकालीन समस्या समाधानका सम्बन्धमा मुख्यमन्त्री सिंह, प्रदेश ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव सहितका विभिन्न सरोकारवालासँग गहन छलफल भएको मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको…