भोलिदेखि संसद्को हिउँदे अधिवेशन, यस्तो छ सम्भावित कार्यसूची

काठमाण्डु – संघीय संसद्को हिउँदे अधिवेशन भोलि शुक्रबारदेखि सुरु हुँदैछ । बैठक अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्नेछ । संघीय संसद् सचिवालयले दुवै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका अनुसार शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार…