कांग्रेस संसदीय दलको बैठक पर्सि बस्ने

काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसले पर्सि शनिबार संसदीय दलको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका छन् । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ ।