हितेन्द्रलाई विष्णु रिमालले भने- बलेको बत्तीमुनि बसेर ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ

काठमाण्डु–नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै 'बिजुली गयो' भन्ने न्यारेटिभ बनाएको बताएका छन् । आइतबार सामाजीक सञ्जालमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सुझाव दिंदै यस्तो बताएका हुन् । उनले समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँ मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय रहेकोले सजक रहन सुझाव…