काठमाण्डु – नेकपा (माओवादी केन्द्र)ले लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ । सोमबार बसेको समितिको बैठकमा माओवादीले सभापति पोखरेललाई मार्ग प्रशस्त गर्न आग्रह गरेको हो । समिति बैठकमा बोल्दै माओवादी सांसद अमनलाल मोदीले लेखा समितिलाई सक्रिय र प्रभावकारी बनाउन सत्ता पक्षको नेतृत्व लेखा समितिमा हुन नहुने बताए । ‘चेक एन्ड ब्यालेन्सको कुरा छ…