काठमाण्डु – १ असोजबाट १० पुससम्म सत्तारुढ दल नेपाली कांग्रेसले सांगठनिक विशेष अभियान सञ्चालन गर्ने भएको छ । १०० दिनको यो अभियानमा पार्टीको सांगठनिक कामका केन्द्रका नेता जिल्ला संगठनमा खट्ने कार्यादेश पार्टी केन्द्रीय कार्यालयले तयार गरेको छ । कांग्रेसले पार्टीका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिन अभियान गर्न लागेको जानकारी…