काठमाण्डु – सरकारविरुद्ध सक्रिय समाजवादी मोर्चा सम्बद्ध दलहरूले बुधबार संसद् अवरुद्ध गरेर छलफल थालेका छन् । विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा उत्रिएका मोर्चाआवद्ध दलका शीर्ष नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा भेला भएका छन् । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव…