काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकता गर्ने प्रयास भइरहेको बताएका छन् । आइतबारदेखि काठमाण्डुमा सुरु भएको एकीकृत समाजवादीको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीले यो महाधिवेशनबाट एकताको पक्षमा निर्णय गर्ने आशा आफूले राखेको बताए । ‘नेकपा एकीकृत समाजवादी र माओवादी बीचमा निर्वाचनअघि, निर्वाचनपछि र आजका…