भोलिदेखि आमरण अनसन बस्ने निवर्तमान मुख्यमन्त्रीको घोषणा

विराटनगर – कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भोलि मंगलबारदेखि आमरण अनसन बस्दै घोषणा गरेका छन् । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै पार्टीको झण्डा नराखी प्रदेशसभा भवनसामु आमरण अनसन बस्ने उनले जानकारी दिए । उनले बरु मर्न तयार हुने तर अनसन नछोड्ने बताए । ‘कांग्रेसले पनि समर्थन गर्छ । माओवादी, एमाले, एकीकृत र जसपाका साथीहरू…