काठमाण्डु- स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा पोेखराबाट काठमाडौैं ल्याइएका रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि सकिएन । भद्रकालीस्थित काठमाडौं प्रहरीको हिरासतमा राखिएका उनलाई शुक्रबार बिहानैदेखि जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीमा बयानका निम्ति पठाइएको थियो । लामिछानेको बयानलाई सरकारी वकिलले भोलि पनि निरन्तरता दिने भएको छ । स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान गर्न…