काठमाण्डु-स्थानीय तहमा रिक्त कर्णालीका आठ पदका लागि मतदान जारी छ । कर्णाली कर्णाली प्रदेशअन्तर्गत नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक र पाँच वडाध्यक्ष गरी आठ पदका लागि उपनिर्वाचन भइरहेको छ । निर्वाचन आयोगका सहप्रवक्ता दुर्गा चालिसेले कर्णालीका उपनिर्वाचन हुने सबै स्थानमा निर्धारित समयमै मतदान सुरु भएको जानकारी दिए । कर्णालीमा जाजरकोटको नलगाड…