राजदूत नियुक्ति सिफारिस समावेशी नभएको भन्दै सत्तारुढ दलका सांसदकै विरोध

काठमाण्डु – सरकारले गरेको राजदूत नियुक्ति सिफारिस समावेशी नभएको भन्दै सत्तारुढ दलका सांसदहरूले विरोध गरेका छन् । मंगलबार बसेको संसदीय सुनुवाइ समिति बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरू आनन्दप्रसाद ढुंगाना र जीवन परियार तथा एमाले सांसद ईश्वरी घर्तीले राजदूत सिफारिस समावेशी नभएको भन्दै सरकारको आलोचना गरेका हुन् । कांग्रेस सांसद ढुंगानाले समावेशी समानुपातिकका बारेमा अहं…