काठमाण्डु – सुदुरपश्चिम सरकार विस्तार गर्न एमाले र माओवादी केन्द्रबीच सहमति भएको छ । एकीकृत समाजवादीका नेता दीर्घ सोडारी मुख्यमन्त्री भएको ५१ दिन बितिसक्दा पनि सुदुरपश्चिममा सरकार विस्तार हुन सकेको थिएन । सुदुरपश्चिम सरकार विस्तारको विषयलाई लिएर सत्तारुढ दलहरुको बीचमा विवाद समेत थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सरकार विस्तार…