उपप्रधानमन्त्री भेट्न सिंहदरबार पुगे भारतीय विदेश सचिव

काठमाण्डु–उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह तथा भारतीय विदेश सचिव विक्रम मिस्री बीच भेटवार्ता भएको छ । दुई दिने भ्रमणको क्रममा हिजो नेपाल आएका भारतीय बिदेश सचिव मिस्री आज उपप्रधानमन्त्री सिंहलाई भेट्न सिंहदरबार पुगेका हुन् । उनले हिजो राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटबार्ता गरेका थिए ।