काठमाण्डु – गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको बताएका छन् । शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दिपावली, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताए । गृहमन्त्री लेखकले चाडपर्वले परिवार र समाजलाई जोड्ने काम गरेको बताए । ‘मान्छेले बसाइँसराइँ गर्ने भएकाले कामका कारण मान्छेहरू टाढाटाढा हुनुपर्छ ।…