एकीकृत समाजवादीले सरकार नछाड्ने, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार नछाड्ने भएको छ । पार्टीको १०औं महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा पार्टीका महासचिव घनश्याम भुसालले तत्काल सरकारबाट नबाहिरिने स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन कायमै राख्ने र विश्वासको मत दिने उनले जानकारी दिए । एकीकृत समाजवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…