काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू दक्षिण कोरिया भ्रमणको तयारीमा रहेको बताएका छन्। दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा शनिबार बालुवाटारमा जुगल हिमाल आरोहण गर्ने संयुक्त टोलीको बिदाइ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफू दक्षिण कोरिया भ्रमणको तयारीमा रहेको बताएका हुन् । आफूलाई दक्षिण कोरियाबाट भ्रमणका लागि निम्ता आएको उनको भनाइ छ ।…