काठमाण्डु – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस दूधले नुहाएको पार्टी नभएको टिप्पणी गरेका छन् । सहकारीको रकम हिनाहिनाका विषयमा उजुरी परेको भन्दै कांग्रेसले निरन्तर राजीनामा मागेपछि सञ्चारकर्मीसामु प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले भने, ‘पूरक उजुरीमा, ठाडो उजुरीमा गृहमन्त्रीको राजीनामा माग्ने कांग्रेस दूधले नुहाएको पार्टी होइन भन्ने नेपाली जनताले बुझेका छन् ।’ अनुसन्धान गर्दागर्दैको मान्छेलाई…