काठमाण्डु- नेपाली कांग्रेसका सांसद दीपक गिरीले कांग्रेस र नेकपा एमालेका शीर्ष नेताको भेटले देशमा आशाको सञ्चार गरेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै सांसद गिरीले कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्ने बताएका हुन् । लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यी दुई ठूला दलबीच संवाद र सहकार्य आवश्यक रहेको…