देशका लागि रास्वपाको भूमिका अनिवार्य भयो भने सरकारमा जानै नहुने होइन : रवि लामिछाने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले देशका लागि रास्वपाको भूमिका अनिवार्य भयो भने सरकारमा जानै नहुने अवस्था नरहेको बताएका छन् । रौतहटको चन्द्रपुरमा शनिबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले मुलुकको आवश्यकता र समस्या समाधानका लागि भूमिका अनिवार्य भएको खण्डमा सरकारमा सहभागी हुने बताए । उनले भने, ‘अहिले यही अवस्थामा सरकारमा जाने…