काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग अध्यक्ष लिङ्देनको भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रम, कोशी सरकार गठन लगायतका विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले भने, ‘अध्यक्षज्यू र प्रधानमन्त्रीको भेटवार्ता भएको थियो ।…