काठमाण्डु- इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना हुँदा नेम्वाङले अग्रता लिएका हुन् । वडा नं ३ को मतगणना हुँदासम्म पहिलो स्थानमा रहेका कांग्रेस उम्मेदवार डम्बर खड्कालाई ३४५ मतले पछाडि पार्दै नेम्वाङले दुई हजार ५४२ मत लिएका छन् । खड्काले दुई हजार १९७…