त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापतिको कार्यालयमा तोडफोड

काठमाण्डु – त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाको कार्यालयमा तोडफोड गरिएको छ । आज शनिवार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट निर्वाचित स्ववियु सदस्यहरूले नै सभापति ओझाको कार्यालय तोडफोड गरेका छन् । कार्यालय तोडफोडपछि सदस्यहरूले सभापति ओझाको राजीनामा समेत मागेका छन् । सदस्यहरूले ओझामाथि सभापति निर्वाचित भएदेखि नै कर्मचारी, प्राध्यापकको सरुवा–बढुवामा…