मध्य पहाडी लोकमार्ग पदयात्राको उद्घाटन गर्न एमाले अध्यक्ष ओली धनगढी जाँदै

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम जाँदैछन्। मंसिर १४ गतेबाट एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको उद्घाटनको लागि ओली कैलाली जान लागेका हुन् । आज अपरान्ह ४ बजे अध्यक्ष ओली धनगढी जाने एमालेले जनाएकाे छ । अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू कैलाली जान लागेका…