कोशीमा सरकार छाडेपछि प्रतिपक्षी बेञ्चमा बस्यो एमाले

विराटनगर – नेकपा एमाले कोशी प्रदेशसभा बैठकमा प्रतिपक्षी बेञ्चमा बसेको छ । आज सोमबार बसेको प्रदेशसभा बैठकमा एमाले प्रतिपक्षी बेञ्चमा बसेको हो । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारमा सहभागी एमाले शनिबार सरकारबाट बाहिरिएको थियो । आज सोमबार बसेको एमाले कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन कायमै राख्ने र प्रतिपक्ष बेञ्चमा बस्ने निर्णय गरेको…