देशमा सबैतिर भ्रष्टाचार मात्रै छ : झलनाथ खनाल

चितवन – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशमा जताततै भ्रष्टाचार मात्रै व्याप्त भएको बताएका छन् । पार्टीको ‘समाजवादी जागरण अभियान’का क्रममा चितवनको भण्डारामा आयोजित सभालाई सम्बोधन गर्दै उनले माथिदेखि तलसम्म भ्रष्टाचार व्याप्त भएको बताए । देशमा दलाल पुँजीपतिहरूले भ्रष्टाचारलाई प्रश्रय दिएको उनको आरोप छ । उनले भने, ‘माथि पनि भ्रष्टाचार छ, तल पनि…