काठमाण्डु- नेकपा माओवादी केन्द्रको विधान अधिवेशन दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । बिहीवार कमलादीस्थित प्रज्ञा भवनमा जारी विधान अधिवेशनमा २० वटै समूहका तर्फबाट सुझाव पेश भएसँगै बैठक केही समयका लागि स्थगित भएको हो । बैठक स्थगित गरेर शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।