पानी चक्रबारे नयाँ खोज, जलवायु पूर्वानुमानमा सहयोग पुग्ने

काठमाण्डु- चिनियाँ तथा अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले तिब्बती पठार क्षेत्रमा पानीको वायुमण्डलीय चक्र कसरी सञ्चालन हुन्छ भन्ने महत्वपूर्ण प्रक्रिया पत्ता लगाएका छन्। “एसियन वाटर टावर” भनेर चिनिने यस क्षेत्रको अध्ययनले जलवायु परिवर्तनका असर बुझ्न र भविष्यका मौसम पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने वैज्ञानिकहरूले बताएका छन्। यो अनुसन्धान चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको तिब्बती पठार अनुसन्धान संस्थानले अन्तर्राष्ट्रिय वैज्ञानिकहरूसँग…