काठमाण्डु- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन आयोजनाको निरीक्षण एवं अनुगमण गरेका छन् । मन्त्री श्रेष्ठले शुक्रबार आयोजनाको बाँधस्थल रहेको भेरीगङ्गा नगरपालिकाको चिप्लेस्थित विभिन्न भौतिक संरचनाको अवलोकन गरेका हुन् । आयोजनाको निर्माणस्थलमै पुगेर मन्त्री श्रेष्ठले आयोजनाको विषयमा छलफल भएको छ । मन्त्री श्रेष्ठले भने, “धेरैअघि नै सम्पन्न हुनुपर्ने राष्ट्रिय गौरवको…