काठमाण्डु - सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तयार पारेको छ । सशस्त्र प्रहरीले शुक्रबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा संगठनको परिचालन नीतिका बारेमा जानकारी दिएको छ । सबै निर्वाचन क्षेत्रमा तोकिएको जिम्मेवारीमा परिचालन गरिने, निर्वाचन सुरक्षार्थ सुरक्षाको दोस्रो घेरामा रहि अन्य सुरक्षा निकायसँग…