मृत भेटिएकी मायाका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

सुर्खेत – नाबालक छोरीछोरीसहित बेपत्तापछि मृत भेटिएकी गुर्भाकोट नगरपालिका १२ की माया कठायतका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको छ । मायाका बुबा र दाजुले उनका श्रीमान भूपेन्द्र कठायतविरुद्ध मुद्दा दर्ता गराएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रकाश केसीले बताए । श्रीमानको चरम यातनाको कारण छोरीले छोराछोरीसहित भेरीमा हामफालेको भन्दै मायाका बुबाले जाहेरी दर्ता गराएका…