राष्ट्रिय सभाबाट ४ विधेयक पारित

काठमाण्डु – राष्ट्रिय सभाबाट आईतबार ४ विधेयक पारित भएका छन् । आईतबार बसेको बैठकले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । विधेयक राष्ट्रिय सभामा उत्पति भई अब प्रतिनिधि सभामा जानेछ । भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक र विधायन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएका छन्…