एआईजी आचार्य अवकाशमा, रिक्त पदमा शाहको सिफारिस

काठमाण्डु– नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यको अवकाश भएको छ । एआईजीको ५६ वर्षे उमेरहदका कारण जेठ १० बाट आचार्य अवकाशमा गएका हुन् । उनको ठाउँमा रिक्त हुने पदका लागि यसअघि नै डीआईजी सिद्धिविक्रम शाहको बढुवा सिफारिस भइसकेको छ ।