सुनसरी – मोटरसाइकल दुर्घटना हुँदा सुनसरीमा १ जनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–१ रानी खोलास्थित सडकमा चतराबाट उदयपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करीब १२० मिटर तल खसेर आईतबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक हाल नाम, थर वतन नखुलेका करीब ३२ वर्षीय पुरूषको मृत्यु…