पूर्णबहादुर नेपाली श्रीलंकाको राजदूत नियुक्त

काठमाण्डु– श्रीलंकाका लागि पूर्णबहादुर नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नेपालीलाई राजदूत नियुक्त गरेका हुन् । उनलाई १४ पुसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो भने मन्त्रिपरिषद्ले गत मंसिर ६ गते राजदूतका लागि सिफारिस गरेको थियो ।