नयाँबसपार्कका सबै काउन्टरबाट अनलाइन टिकट काट्न सुरु

काठमाण्डु– देशभरिका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोंगबुस्थित नयाँबसपार्कका सबै टिकट काउन्टरबाट अनलाइन प्रणालीमा बसको टिकट काट्न सुरु गरिएको छ । मुलुकको एक मात्र राष्ट्रिय बसपार्क नयाँबसपार्कलाई प्रविधिमैत्री बनाउँदै यात्रुलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि बसपार्कभित्रका ४७ वटै टिकट काउन्टरबाट अनलाइन प्रणालीबाट टिकट काट्न सुरु गरिएको हो । काठमाडौं महानगरपालिकासँग सम्झौता गरेर लोत्से बहुउद्देश्यीय प्रालिले…