ललितपुर – ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा ३ दिनसम्म सञ्चालन भएको नेकपा एमालेको दोस्रो विधान महाधिवेशनले जनताको बहुदलीय जनवाद (जबज) लाई नै पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा कार्यान्वयन गर्ने घोषणा गरेको छ । जननेता मदन भण्डारीपत्नी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले संस्थापनबिच टकराव चलिरहेका बेला अध्यक्ष ओलीले छुट्टै सिद्धान्त ल्याउनसक्ने चर्चाबीच एमालेले जबजलाई नै उन्नत बनाउने…